कर्णालीमा पानीको सतह १०.३ मिटर
                                                
                    
                
                            
                                कर्णाली नदीले पार गर्यो चेतावनी तह
                        
                        
                                                
                                            
                                                                    टीकापुर, असार २३
दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण कर्णाली नदीले चिसापानी क्षेत्रमा चेतावनी सतह पार गरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएपछि चेतावनी सतह पार गरेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार सात बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानीमा चेतावनी सतह १० मिटर पार गरेको हो । नदीमा पानीको सतह १०.३ मिटर रहेको छ भने १०.८ मिटरलाई खतराको तह मानिन्छ । नदीमा पानीको सतह बढ्दै गइरहेको छ । 
नदीमा पानीको बहाव बढेसँगै कैलालीको पूर्वी क्षेत्रका जानकी गाउँपालिका र टीकापुुर नगरपालिका तथा बर्दियाको गेरुवा र राजापुर नगरपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । 
 
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:२८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
