Hamro Patra
कैलाली क्षेत्र नं. १ बाट को को भए महाधिवेशन प्रतिनिधि ?

टीकापुर, असोज १४
नेपाली काँग्रेसको जारी १५औं महाधिवेशनमा कैलाली क्षेत्र नं. १ बाट ४२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । काँग्रेसको विधान तथा १५औं महाधिवेशनको निर्वाचन निर्देशिका बमोजिम ३४ जना महाधिवेशन प्रतिनिधि र ७ जना पदेन महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । 

कैलाली कैलाली क्षेत्र नं. १ क्षेत्रीय सभापति टेकेन्द्र धामी, प्रदेश क सभापति  चुन्नीलाल चौधरी, प्रदेश ख सभापति शेरबहादुर साउँद, टीकापुर नगर कार्यसमिति सभापति झनकराज तिमिल्सिना, जानकी गाउँ कार्यसमिति सभापति श्याम चौधरी, जोशीपुर गाउँ कार्यसमिति सभापति राजकुमार चौधरी र भजनी नगर कार्यसमिति सभापति अनिता चौधरी पदेन महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका हुन् । 

हिजो सम्पन्न खुल्ला केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ कल्पेश कुँवर, प्रकाश शाह,  आनन्द हमाल, चेतमान खत्री, फकिरसिंह कडायत, बलिराम चौधरी, नारायणदत्त मिश्र, रणबहादुर रावल, चिरञ्जीवी खनाल र नृपबहादुर खड्का निर्वाचनबाट चयन भएका छन् । महिला प्रतिनिधिमा दिपकदेवी न्यौपाने, ईश्वरीदेवी न्यौपाने, केशरी कुमारी रावल बिष्ट र ललिता सुनार निर्विरोध चयन भएका छन् । 

थारु महिला प्रतिनिधिमा गीता कठरिया, गंगादेवी चौधरी र सुदेसनी चौधरी निर्विरोध चयन भएका छन् भने थारु पुरुष प्रतिनिधितर्फ जनकराज चौधरी, परशुराम महतौ र बुद्धिसागर चौधरी चयन भएका छन् । अल्पसंख्यक मुस्लिमबाट आदिल हुसेन र अल्पसंख्यक दलितबाट उमा वादी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् भने दलित पुरुषबाट राजेशकुमार टमट्टा र दलित महिलाबाट सुशिला वि.क. टमट्टा निर्विरोध चयन भएका छन् । 

टे्रड युनियनको प्रतिनिधित्व गर्दै श्रमिकबाट प्रमानन्द पाण्डे, अपाङ्गताबाट प्रकाश बम, युवा महिलाबाट प्रियंका चौधरी, प्रजातन्त्र सेनानीबाट जंगबहादुर साउँद महाविधेशन प्रतिनिधिमा निर्विरोध चयन भएका हुन् । 

पेशागत विषयविज्ञबाट विर्ख बहादुर रावल, युवा खुल्ला ३५ वर्षमुनिबाट नविन अधिकारी र सन्तोष खड्का निर्वाचित भएका छन् भने समानुपातिक खसआर्य पुरुषबाट दत्तबहादुर बिष्ट र विष्णुप्रसाद गौतम तथा खसआर्य महिलामा सुनिता अधिकारी ओझा चयन भएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update