बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
                        
                        
                                                
                                            
                                                                    टीकापुर, साउन ८
इलाका प्रहरी कार्यालय लम्कीले बैंकिङ कसुर मुद्दामा जरिवाना भई फरार रहेका एक युवकलाई पक्राउ गरेको छ । 
जिल्ला अदालत कैलालीले बैंकिङ कसुर मुद्दा दोषी करार गर्दै ३ लाख जरिवाना तोकेका लम्कीचुहा नगरपालिका वडा नं. १ का २० वर्षीय अमर गौतमलाई लम्कीबाट पक्राउ गरिएको हो ।
जरिवाना भई फरार रहेका गौतमलाई लम्की बजारमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक गंगादत्त बडुले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:५६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
