टीकापुर, असोज १०
टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनन्जय रिमाल निर्वाचित भएका छन् ।
आज सम्पन्न समितिको निर्वाचनबाट रिमाल ३७ मतसहित निर्वाचित भएका हुन् ।
क्याम्पस पुर्व स्ववियु सभापति रहेका रिमालले निकटतम प्रतिद्वन्द्वी दयाराम सन्ज्यालले ९ मत प्राप्त गरेका छन भने जगदिस्वर पण्डितले ५ मत प्राप्त गरेका छन् । पण्डितले निर्वाचन हुन केही समयअघि तटस्थ बस्ने घोषणा गरेका थिए ।
निर्वाचन समितिका अनुसार कुल ७४ मतदाता रहेको क्याम्पस सभामा ५२ मत खसेका थिए भने एक मत बदर भएको थियो ।
व्यवस्थापन समिति सदस्यमा रेखा अधिकारी, राजेश कुमार टमट्टा, किशनलाल डगौरा थारु, विरेन्द्रबहादुर साउँद, केशरसिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर विष्ट र झपट बहादुर बुढा चयन भएका छन् ।
व्यवस्थापन समिती आगामी ३ वर्षका लागि चयन भएको क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले बताए ।





