Hamro Patra
लम्कीचुहाले ल्यायो एक अर्ब १० करोडको बजेट

टीकापुर, असार २५
कैलालीको लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजार रुपैयाँको बजेट पारित गरेको छ । 

आज सम्पन्न भएको नगरपालिकाको १३औं अधिवेशनको दोश्रो बैठकबाट पालिकाले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पारित गरेको हो । 

Tikapur Hospital

नगर उपप्रमुख जुना चौधरीले प्रस्तुत गरेको बजेटमा कुल आयतर्फ १ अर्ब १० करोड ६६ लाख ११ हजार रुपैयाँ हुने अनुमान गरिएको छ भने खर्चमा चालुतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार रकम खर्च हुने अनुमान गरिएको छ । 

बजेटमा प्रस्तुत गरिएको आयमा आन्तरिकतर्फ २४ करोड ५४ लाख ५१ हजार, राजश्व बाँडफाँडमा १८ करोड ३५ लाख ५१ हजार, समानीकरण अनुदान (नेपाल सरकार) १८ करोड ३० लाख, समानीकरण अनुदान (प्रदेश सरकार) १ करोड ७५ लाख ९० हजार उल्लेख छ । 

त्यस्तै सशर्त अनुदान (नेपाल सरकार) ४३ करोड ५३ लाख ४१ हजार, सशर्त अनुदान (प्रदेश सरकार) १ करोड १३ लाख ७० हजार, विशेष अनुदान (नेपाल सरकार) १ करोड १० लाख, विशेष अनुदान (प्रदेश सरकार) २५ लाख, समपुरक अनुदान प्रदेश सरकार १ करोड ६८ लाख आय हुने उल्लेख छ । 

प्रस्तुत बजेटमा व्ययतर्फ चालु खर्च ७० करोड ३९ लाख १ हजार, पुँजीगत खर्च ४० करोड २६ लाख ४० हजार उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update