Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालयको शिक्षा संकाय डिनमा सहप्राध्यापक डाक्टर चौधरी नियुक्त

टीकापुर, असोज २९

सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र संकाय डिनमा सहप्राध्यापक डाक्टर नाथुराम चौधरी नियुक्त भएका छन् । विश्वविद्यालयले चौधरीसहित पाँच संकायका डिन र दुई केन्द्रका निर्देशक तथा केन्द्रीय क्याम्पसका प्रिन्सिपल नियुक्त गरेको हो । 

विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले पदाधिकारी सिफारिस समितिको सिफारिसका आधारमा रिक्त पदहरुमा नयाँ पदाधिकारी नियुक्त गरेको हो ।

नवनियुक्त डिन डाक्टर चौधरीले विश्वविद्यालयको योजना अनुसार समयानुकुल योजना बनाई कार्यान्वयनमा लैजाने हाम्रो पत्रलाई बताए ।

विश्वविद्यालयका अनुसार व्यवस्थापन संकायको डिनमा सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र संकायको डिनमा सहप्राध्यापक चौधरी र विज्ञान तथा प्रविधि संकायको डिनमा सहप्राध्यापक डा. प्रेमसिंह साउँद नियुक्त भएका छन् ।

त्यस्तै, स्वास्थ्य विज्ञान संकायको डिनमा सहप्राध्यापक डा. डबलबहादुर धामी र मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राध्यापक डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. महेन्द्रराज जोशी र भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिशचन्द्र भट्ट नियुक्त भएका छन् । केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update