Hamro Patra
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप
Tikapur Hospital

काठमाण्डौं, असार २६
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन ।

प्रधानमन्त्रीले विश्वासको लिने अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रचण्ड सरकार ढलेपछि कांग्रेससँगको सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन ।
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update