टीकापुर, असोज ७
नेपाली काँग्रेस टीकापुर नगर कार्यसमितिको सभापतिमा झनकराज तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन ।
१५ औं महाधिवेशन अन्र्तगत आज भएको नगर कार्यसमितिको अधिवेशनले तिमिल्सिनाको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको छ ।
नगर कार्यसमितिको उपसभापति (महिला) मा मालतीदेवी साउँद, उपसभापतिमा लालकेश उपाध्याय, सचिवमा दिपकराज खनाल र सहसचिवमा मिठ्ठ्बहादुर बोहरा चयन भएका छन ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा वडा नम्बर १ बाट महिलामा टीकादेवी स्वाँर र खुलामा विश्वमान स्वाँर, वडा नम्बर २ बाट महिलामा पार्वती धामी र खुलामा पवन थारु, वडा नम्बर ३ बाट महिलामा राधा थारु र खुलामा मष्टीप्रसाद जैशी, वडा नम्बर ४ बाट महिलामा रेणुकुमारी चौधरी र खुलामा विनोदकुमार भुजेल चयन भएका छन ।
सदस्यमै वडा नम्बर ५ बाट महिलामा कञ्चनकुमारी विक र खुलामा कटक रावल, वडा नम्बर ६ बाट महिलामा योग्यश्वरी खनाल र खुलामा नृपबहादुर शाह, वडा नम्बर ७ बाट महिलामा जानकी ठकुल्ला र खुलामा फूलराम चौधरी, वडा नम्बर ८ बाट महिलामा निर्मला साउँद र खुलामा टीकाराम चौधरी र वडा नम्बर ९ बाट महिलामा जयश्वरी थापा र खुलामा बुदिलाल चौधरी निर्विरोध भएका छन ।
नगर कार्यसमितिको आरक्षण तर्फ युवामा महिलामा संजिता ढुंगाना र खुलामा जनक चौधरी, दलितमा महिलामा तुलसी सुनार र खुलामा रमेश विक चयन भएका छन ।
अधिवेशनले जिल्ला प्रतिनिधिका लागि महिलामा चाँदनीकुमारी जोशी खनाल र खुलामा सुरतबहादुर रावललाई सिफारिस गरेको छ ।





