Hamro Patra
३ करोड ८५ लाखको कोकिनसहित दुई विदेशी पक्राउ

टीकापुर, साउन ३

लागुऔषध नियन्त्रण व्यूरोले काठमाडौंले १ किलो १०० ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । व्यूरोका सहप्रवक्ता एवं सूचना अधिकारी प्रेमबहादुर शाहीका अनुसार ती दुई विदेशी नागरिकबाट बरामद गरिएको कोकिनको अवैध बजार मूल्य झण्डै ३ करोड ८५ लाख हुन आउँछ । 

पक्राउ पर्नेमा साउन १ गते इन्डिगो एयरलाइन्सबाट मुम्बई हुँदै नेपाल आएका २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नासिमुद्दिन अन्सारी छन् ।

Khadga Memorial And Janajagriti

उनलाई व्यूरोको टोलीले ठमेलस्थित एक होटलबाट जुसका दुई बट्टाभित्र लुकाइएका ६२ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो । उक्त कोकिनको तौल १ किलो १ शय ग्राम रहेको शाहीले जानकारी दिए । 

दुई विदेशी नागरिकबाट बरामद गरिएको कोकिनको अवैध बजार मूल्य झण्डै ३ करोड ८५ लाख हुन आउँछ । 

उक्त कोकिन अन्सारीले काठमाडौंकै पिङ्लास्थानको एक होटलमा बसिरहेका नाइजेरियन नागरिक इकिचुक्वा साइरिल ओबोडोफुलाबाट लिएको अनुसन्धानबाट खुलेपछि इकिचुक्वालाई नियन्त्रणमा लिएको व्यूरोका सहप्रवक्ता शाहीले बताए ।

४४ वर्षीय इकिचुक्वाले साउन १ गते कतार एयरलाइन्सबाट नेपाल आउँदा दोहाबाट उक्त कोकिन ज्याकेटमा लुकाई छिपाई ल्याएका थिए । 

पक्राउ परेका दुबै विदेशी नागरिकलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतमा लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको शाहीले बताए । 

पछिल्लो समय लागुऔषध कोकिनसहित विदेशीहरु पक्राउ पर्न थालेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update