Hamro Patra
बिपी स्मृती दिवसको अवसरमा बृक्षारोपण

टीकापुर, साउन ६
नेपाली काँग्रेसका संस्थापक नेपा वि.पि. कोइरालाको ४२ औँ  स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । कैलाली क्षेत्र नम्बर १ प्रदेश ‘ख’ कार्यसमितिले टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ मा रहेको राधाकृष्ण मन्दिर परिसरमा वृक्षारोपण गरेको हो । 

समितिले विभिन्न जातका बिरुवा तथा फूलहरु मन्दिर परिसरमा वृक्षारोपण गरिएको कैलाली क्षेत्र नम्बर १ ‘ख’ का सभापति बलिराम चौधरीले बताए । 

वि.पि. कोइरालाको स्मृति दिवसमा आयोजित वृक्षारोपण कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै महासमिति सदस्य एवं नगरपालिकाका पूर्व उपप्रमुख केशरी विष्टले गुरुपूर्णिमाका आजको दिनमा वि.पि. सबै काँग्रेस कार्यकर्ताका गुरु रहेको बताइन् । 

कार्यक्रममा बोल्दै पूर्व महासमिति सदस्य फकिरसिंह कडायतले पार्टीका गतिविधिहरु बढाउनु पर्नेमा जोड दिए । क्षेत्र नं. १ का प्रदेश सभापति बलिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नैनसिंह ठकुल्लाले गरेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update