एक युवक लागुऔषधसहित पक्राउ

टीकापुर, असार २२
कैलालीको लम्कीचुहा नगरपालिकाबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नं. ९ खमरिया चोकबाट सोही ठाउँका बस्ने २७ वर्षीय लाल भुल लागुऔषधसहित पक्राउ परेका हुन् ।
भुललाई २२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ १०:१४
प्रतिक्रिया दिनुहोस्