Hamro Patra
उपचारका क्रममा महिलाको ज्यान गयो

टीकापुर, मंसिर ११
टीकापुर अस्पतालमा उपचारका क्रममा एक महिलाको ज्यान गएको छ ।

टीकापुर नगरपालिका वडा नं. १ शक्तिनगर शिविरकी ६६ वर्षिया पुली चौधरीको ज्यान गएको हो । 

ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मंसिर १० गते चिकित्सकको लापरवाहीका कारण चौधरीको ज्यान गएको भन्दै उनका आफन्तले उजुरी दिएका छन् ।

मृतकका आफन्तले चिकित्सकलाई कारवाहीको माग गरेका छन् । 

मृतक चौधरी स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि अस्पताल पुगेकी थिइन् ।

उनलाई चिकित्सकले सलाईन पानी दिएर उपचार थालेको केही समयमै ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update