
टीकापुर, असार २३
टीकापुर जेसिजको २८औं स्थापना दिवसका अवसरमा छात्रवृत्ति वितरण गरिएको छ । सन् १९९७ मा स्थापना भएको टीकापुर जेसिजले विगत पाँच वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्ति वितरण गरिएको हो ।
जेसिजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट टीकापुर नगरपालिका वडा नं. १ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा दृष्टि घर्तीनगर र कक्षा ७ मा अध्ययनरत कुशल सोडारीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यार्थी घर्तीमगर र सोडारीलाई जनही नगद ५ हजार ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो । विद्यालयका सहायक प्रधानाध्यापक मैनबहादुर खड्काले व्यक्तित्व विकासको उत्कृष्ठ पाठशालाका रुपमा रहेको जेसिजले प्रदान गरेको छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनमा थप हौसला बढ्ने बताए ।
टीकापुर जेसिज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लिखराम चौधरीले गरेका थिए भने कार्यक्रमको सञ्चालन कानुनी सल्लाहकार कमल सुवेदीले गरेका थिए ।