Hamro Patra
नदीमा डुबेर दुई जनाको मृत्यु

टीकापुर, असार २३
कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकामा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नं. ३ नारायणपुरको दोदा नदीमा नुहाउने क्रममा सोही ठाउँका १५ वर्षीय सुनिल भट्टको डुबेर ज्यान गएको हो । 

त्यस्तै दोदा नदीमै साथीहरूसँग नुहाउन गएका घोडाघोडी नगरपालिका वडा नं. ३ का १७ वर्षीय सुन्दरप्रसाद भट्टको समेत डुबेर मृत्यु भएको हो । 

घर नजिकै रहेको नदीमा नुहाउन गएका सुन्दरको शव स्थानीय र प्रहरीको सहयोगमा फेला पारिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update