१५ वर्षीया किशोरी प्रशिक्षकबाटै बलात्कृत

टीकापुर, असार २५
कैलालीको धनगढी उपमहानगरपालिकाकी एक किशोरी आफ्नै प्रशिक्षकबाट बलात्कृत भएकी छिन् । १५ वर्षीया किशोरीमाथि धनगढीकै एक खेल प्रशिक्षकले पटक पटक बलात्कार गरेको भन्दै किटानी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ ।
पछिल्लो पटक ती किशोरीमाथि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बलात्कार भएको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
‘आरोपित फरार छन्, प्रहरीले उनको खोजी कार्य गरिरहेको छ’ डीएसपी बोहराले भने ‘आरोपित पुरुष किशोरीका खेल प्रशिक्षक हुन् ।’
किशोरीलाई घुम्न जाउँ भन्दै पुनर्वास नगरपालिकाको आइबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै किशोरीमाथि बलात्कार गरेको उजुरी कञ्चनपुर प्रहरीमा परेको हो ।
प्रकाशित मिति: बुधबार, असार २५, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्