Hamro Patra
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

टीकापुर, असार २५
कैलालीको मध्यवर्ती घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ डोकेबजार नजिकै मंगलबार राती भएको मोटरसाइकल दुर्घटना भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डोकेबजारमा से ७ प ७०८९ र सुपप्र ०१००१०प ८४०५ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा घोडाघोडी नगरपालिका वडा नं. १२ का २३ वर्षीय नोयल कठरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

गम्भीर घाइते कठरियाको उपचारका लागि घोडाघोडी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले दुर्घटनामा ८४०५ नम्बरको मोटरसाइकलमा सवार दिपु कठरिया, अर्को मोटरसाइकल (से ७ प ७०८९) का चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का २५ वर्षीय उदय भाट, पछाडि सवार गौरव भाट घाइते भएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update