Hamro Patra
एकै दिन दुई महिलाको शव फेला

टीकापुर, असार २६
कैलालीका दुई फरक फरक ठाउँमा दुई जना महिलाहरुको शव फेला परेको छ । जिल्ला मध्यवर्ती घोडाघोडी नगरपालिका वडा नं. ४ माघीकी ७० वर्षीया चुनुदेवी चौधरीको शव कान्द्रा नदीमा भेटिएको हो । 

चौधरीलाई दाउरा संकलन गर्न नदीमा गएका बेला नदीले बगाएको थियो । 

त्यस्तै गोदावरी नगरपालिका वडा नं. २ को महराकटानस्थित गोदावरी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार अन्दाजी ५५ वर्षीया महिला शव नग्न अवस्थामा फेला परे पनि उनको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update