Hamro Patra
अटोको ठक्करले एकको मृत्युः एक घाइते 

टीकापुर, असार २६
कैलालीको लम्कीचुहामा अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने एक घाइते भएका छन् । अटोको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नं. ५ स्याउलेकी ५५ वर्षीया लक्ष्मी ढुङ्गानाको मृत्यु भएको हो ।

बुधबार राति स्याउलेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेकी पैदलयात्री लक्ष्मी ढुङ्गाना र २२ वर्षीया मिना ढुङ्गानालाई पछाडिबाट ठक्कर दिएको थियो । 

अटोको ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके पठाइएको थियो । उपचारकै क्रममा बुधबार राति लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । मिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अटो र अटो चालक सोही ठाउँका २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update