Hamro Patra

टीकापुर, असार २६
टीकापुर नगरपालिकामा करेन्ट लागेर आज एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा टीकापुर नगरपालिका वडा नम्बर ९ पायलगाउँका २२ वर्षीय धुरु लुहार रहेका छन । 

उनलाई घरभित्रको टिनको छानामा ठोक्किएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविन राजा बुढाथोकीले जानकारी दिएका छन । 


करेन्ट लागेर घाईते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरिक्षक बुढाथोकीले बताए । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update