Hamro Patra
लागुऔषधसहित चार जना पक्राउ

टीकापुर, असार २७
कैलालीको दक्षिणी सीमावर्ती भजनीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भजनी नगरपालिका वडा नं. ५ लालबोझीस्थित भारतबाट नेपालतर्फ आउँदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकलका चालक भजनी नगरपालिका वडा नं. ४ का २५ वर्षीय मनोज चौधरी र २१ वर्षीय बिक्रम चौधरी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ९६० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो । त्यस्तै ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक घोडाघोडी नगरपालिका वडा नं. १२ का २१ वर्षीय बिशाल चौधरी र २८ वर्षीय हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम लागुऔषध नियन्त्रणमा लिइएको हो ।

प्रहरीले दुबै टोलीबाट ५ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको हो । दुवै मोटरसाइकलसहित चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update