Hamro Patra
टीकापुरमा फास्ट चार्जिङ सेन्टर सञ्चालनमा

टीकापुर, असार २७
विद्युतीय गाडीहरुप्रति आकर्षण बढिरहेका बेला कैलालीको टीकापुरमा लोयल ई.भी. चार्जिङ सेन्टर सञ्चालनमा आएको छ । 

टीकापुरबाट धनगढी, नेपालगञ्ज लगायतका शहरमा सञ्चालित विद्युतीय गाडीलाई लक्षित गर्दै व्यावसायी रमेश विश्वकर्माले फास्ट चार्जिङ सेन्टर सञ्चालनमा ल्याएका   हुन् । 

WhatsApp-Image-2025-07-11-at-7.02.59-PM-1752240490.jpeg
टीकापुर बजारको मुख्य खडक चोकबाट नजिकै सिद्धार्थ बैंक पछाडि रहेको घरमा १६ लाख रुपैयाँको लागतमा फास्ट चार्जिङ सेन्टर सञ्चालनमा ल्याइएको विश्वकर्माले जानकारी दिए । 

‘विद्युतीय गाडीको माग बढ्दै जाँदा टीकापुरको मुख्य बजार क्षेत्रमै फास्ट चार्जिङ सेन्टर सञ्चालनमा ल्याएका हौं’ विश्वकर्माले भने ‘यसले टीकापुरबाट धनगढी, महेन्द्रनगर, नेपालगञ्जमा सञ्चालित सार्वजनिक यातायात र निजी गाडीहरुलाई समेत सहजता हुने विश्वास लिएका छौं ।’

चार्जिङ सेन्टरमा एकैपटक दुई गाडीलाई चार्जिङ गर्न सकिन्छ भने एउटा गाडी चार्ज हुन ४० मिनेट समय लाग्ने विश्वकर्माले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update