Hamro Patra
नदीले बगाउँदा एक जनाको मृत्यु

बाजुरा, असार ३०
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा बुढीगङ्गा नदीले बगाउँदा एक युवाको ज्यान गएको छ । बुढीगङ्गा नगरपालिका वडा नं. २ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापाको नदीले बगाउँदा ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले दिएको जानकारी अनुसार बुढीगङ्गा वडा नं. ३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा बगाउँदा उनको मृत्यु भएको हो । 

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update