टीकापुर, साउन १
कैलालीको टीकापुर नगरपालिकाले मुक्त कमैया दिवस अर्थात् साउन २ गते सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाका एक सूचना जारी गर्दै मुक्त कमैया दिवसको अवसर पारी नगरपालिमा स्थानीय विदा दिने भएको हो
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी ओडद्धारा जारी सूचनामा नगर कार्यपालिकाको असार २६ गतेको बैठकको निर्णय अनुसार मुक्त कमैया दिवसको सम्झनामा पालिका अन्तर्गतका रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संघसंस्थाहरु लगायत सरोकारवाला सम्बद्ध निकायमा स्थानीय विदा दिने निर्णय गरिएको उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्








