Hamro Patra
बेपत्ता युवकको शव फेला

टीकापुर, साउन १४ 
कैलालीमा चार दिनदेखि बेपत्ता भएका २८ वर्षका पुरुषको शव फेला परेको छ । गौरीगंगा नगरपालिका वडा नं. ६ बनबेहडाका टेकबहादुर रोकाया मंगलबार मृत फेला परेका हुन् ।

गौरीगंगा वडा नं. ३ र चुरे गाउँपालिका वडा नं. ४ को बिचमा रहेको जंगलको शिवगंगा खोलाको किनारमा अड्केको अवस्थामा उनको शव फेला परेको हो । 

घटनास्थलमा शव पुरै सडेगलेको अवस्थामा थियो । गत साउन १० गते शनिबार दुई जना साथीहरूसँगै बासको तामा खोज्न चुरे गाउँपालिका वडा नं. ४ स्थित तल्ला रौला जङ्गल गएका उतै हराएका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update