Hamro Patra
साथम कलेज: जहॉ उपलब्ध छ, पढ्दै ,सिक्दै, कमाउने र जागिरको सुनिश्चता

नेपालगञ्ज, साउन १५  
नेपालका अधिकांश कलेजहरुबाट पास आउट भएका विद्यार्थीहरुसँग हातमा सर्टिफिकेट हुन्छ तर सीप र अनुभव हुँदैन । सर्टिफिकेट भए पनि सीप र अनुभव नहुँदा जागिर पाउने सम्भावना निक्कै कम हुन्छ । जागिर पाउनका लागि ठूलै लडाई जित्नुपर्ने हुन्छ । आफ्‌नै ब्यवसाय शुरु गर्छु भन्ने आँट पनि कमै हुन्छ । त्यसैले होला नेपालका अधिकांश कलेजहरुलाई बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था भन्ने आरोप लाग्ने गरेको छ । 

यस्तै परिवेशमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा झण्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ सिद्धार्थ एकेडमी अफ टुरिज्म, हस्पिटालिटी, म्यानेजमेन्ट (साथम) कलेजको शुरुवात गरेको छ ।

लुम्बिनी बौद्ध विश्व विद्यालयसँग सहकार्य गरी साथम कलेजले यसै शैक्षिक सत्रदेखि नेपालगञ्ज र चितवनमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी, टुरिज्म म्यानेजमेन्ट बिएचटिएममा पढाई शुरु गरेको  हो । जुनसुकै विषयमा प्लस टु उत्र्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्ने छन । यो कोर्ष पढ्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले लिने प्रवेश परीक्षा तथा अन्तर्वार्ता भने पास गर्नुपर्छ ।

साथम कलेजको एकेडेमिक र प्राक्टिकल कक्षाहरु सिद्धार्थ गु्रपको नेपालगञ्जस्थित चार तारे होटेल सिद्धार्थ र सिद्धार्थ होटेल नारायणघाट परिसरभित्रै सञ्चालन हुन्छन् । कलेजले गत वर्षदेखि नै बिएचटिएम कोर्षमा पढाई शुरु गरेको हो । गु्रपको भैरहवास्थित सिद्धार्थ भिलासामा यो कोर्षमा पढाई भइरहेको छ । चालु शैक्षिक सत्रमा साथम कलेजले नेपालगन्ज र नारायणघाटमा पढाइ शुरु गर्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट अनुमति पाइसकेको छ । साथम कलेज लुम्बिनी बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो । 

WhatsApp-Image-2025-07-29-at-10.24.15-AM-1753950759.jpeg
बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिज्म, फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाई हुन्छ । यो कोर्ष पूरा गर्न १२४ (१ क्रेडिट बराबर १६ घण्टा)  क्रेडिट आवर पढ्नुपर्ने साथम कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए ।  

तीन वर्ष नेपालमा पढी सकेपछि बाँकी एक वर्ष बिदेश गएर पढ्न चाहाने विद्यार्थीका लागि इन्टरनेशल स्टुडेन्ट एक्सचेञ्च कार्यक्रम मार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्व विद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर मिलाइने उनले बताए । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्व विद्यालयले तोकेका शैक्षिक मापदण्ड पूरा गर्नु पर्नेछ ।   

चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा पढ्नका लागि ७ लाख ५० हजार लाग्छ । यो कोर्षमा ८ वटा सेमिस्टर हुन्छ । पहिलो सेमिस्टरमा शत प्रतिशत पढाई हुन्छ । दोस्रो सेमिस्टरबाट सिक्ने र कमाउने क्रम शुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घण्टा अनिवार्य रुपमा काम गर्नुपर्छ । कोर्ष पूरा हुने समयसम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेलमै काम गरेर कमाउने सुनिश्चता गरिएको छ ।  

पढाई पूरा गरेपछि सिद्धार्थ गु्रप अर्न्तगत देशैभर रहेका होटेल, रिर्सोट, रेष्टुरेन्ट, क्याफे (सिद्धार्थ गु्रप अर्न्तगत पाँच तारे, चार तारे र तीन तारे होटेल, रिर्सोट, रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेटमा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । सिद्धार्थका आउटलेटहरुमा करिब दुई हजार कर्मचारी कार्यरत छन । जहॉ हरेक वर्ष करिब ३ शय कर्मचारी फेरबदल भई रहन्छन् । 

कोर्ष पूरा गरेका विद्यार्थीहरुले अन्य तारे होटल, रिसोर्टका अतिरिक्त ट्राभल एण्ड टुरिजम, क्याट्रिङ म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, गैरसरकारी संघ संस्था, वैदेशिक रोजगारका साथै आफ्‌नै ब्यवसाय सञ्चालन गरेर स्वउद्यमी बन्ने अवसर पनि उपलब्ध हुनेछ । 

यो क्षेत्रमा यति नै कमाई हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्‌नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । यो कोर्ष पूरा गरेपछि सुरुवाती जागिरमै मासिक कम्तीमा ४० हजारसम्म सहजै पारिश्रमिक पाउन सकिन्छ । आफै ब्यवसाय गर्दा त्यो भन्दा धेरै पनि कमाउन सकिन्छ । 

होटल म्यानेजमेन्ट पढेका धेरै विद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाई हुने भएकाले नेपाली विद्यार्थीको रोजाई विदेशका स्टार होटल पर्ने गरेका छन् । चीन, बहराइन, हङकङ, मलेसिया थाइल्याण्ड, अमेरिका, अस्ट्रेलियामा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुग्ने गरेका छन् । 

पढाई सकेपछि वर्क परमिट भिसामै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले त्यही राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशका धेरै कमाउन पनि सक्छन् । कोर्ष पूरा गरेपछि विद्यार्थीलाई प्रदान गरिने सर्टिफिकेटमा ज्ञान, सीप र ब्यवहारमा प्राप्त गरेको नम्बर उल्लेख हुने कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए ।  

आर्थिक अवस्था कमजोर भएका तर बिएचटिम कोर्ष पढ्न चाहने विद्यार्थीका लागि कलेजले बैङ्कहरुसँग सहकार्य गरेर शैक्षिक कर्जा मिलाई दिने तयारी गरिरहेको छ । बैंकबाट कर्जा लिएर पढ्ने विद्यार्थीहरुले पढ्दा पढ्दै होटेलमा काम गरेर कमाउने पैसाबाट सहजै कर्जाको ब्याज र साँवा तिर्न सक्ने सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update