Hamro Patra
गौशालालाई आहार सहयोग

टीकापुर, साउन १५
टीकापुर जेसिजको साप्ताहिक कार्यक्रम अन्तर्गत आज कैलालीको टीकापुर नगरपालिका वडा नं. २ स्थित गौशालालाई आहार सहयोग गरेको छ । 
गौशालामा रहेका गाईबस्तुका लागि जेसिजले दुई क्वीन्टल ब्रान, ५० किलोग्राम नुन, ३२ किलोग्राम गुड सहितका आहार सहयोग गरेको हो । 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै टीकापुर जेसिजका पूर्व अध्यक्ष एवं प्रमुख अतिथि रामबहादुर भण्डारीले गौमाताको महत्वलाई आत्मसाथ गर्दै जेसिजले गौशालामा रहेका गाईबस्तुका लागि आहार सहयोग गरिएको बताए । उनले जेसिजले गौमाताको संरक्षणका लागि ध्यान दिएकोमा खुशी व्यक्त गरे । 

टीकापुर जेसिजका उपाध्यक्ष एवं सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक गालब विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गौशालाका निवर्तमान अध्यक्ष लोकबहादुर बुढाक्षेत्री, सचिव महेन्द्र गिरी, टीकापुर जेसिज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारी, कार्यकारी उपाध्यक्ष पदमबहादुर शाही लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update