Hamro Patra
सुकुम्बासीलाई आन्दोलन स्थगित गर्न नगर प्रमुखको आग्रह

टीकापुर, साउन १५
टीकापुरमा केही दिनदेखि आन्दोलनरत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई विरोधका कार्यक्रम स्थगित गर्न नगर प्रमुखको सचिवालयले आग्रह गरेको छ । 

विभिन्न शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले नगर प्रमुख रामलाल डगौरा थारु विरुद्ध तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुलाई नगर प्रमुख थारुका सचिवालय प्रमुख लोकबहादुर बुढाले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् । 

विज्ञप्तिमा नगर प्रमुख काम विशेषले काठमाडौंमा रहेकाले सम्बन्धित पक्षसँग प्रत्यक्ष सम्वाद हुन नसकेको उल्लेख गर्दै नगर प्रमुख फर्केलगत्तै वार्ता तथा सम्वाद अघि बढाइने विज्ञप्तिमा भनिएको छ । 

टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा दिन नसकिने भन्दै उकालो अनलाइनमा नगर प्रमुख थारुको अन्तरवार्ता प्रकाशित भएको थियो ।

नगर प्रमुख थारुको उक्त अभिव्यक्तिपछि उनीहरु चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आइरहेका छन् । आज उनीहरुले नगरपालिका परिसरमा प्रदर्शन गरेका हुन् भने हिजो टीकापुरमा बृहत् दबाव र्याली निकालिएको थियो ।

c1defccd-8454-4741-9fd2-dc6b32051361-1753953389.jpeg
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update