Hamro Patra
९ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

टीकापुर, भदौ १६
कैलालीमा एक युवक ९ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं. १ बिजौरास्थित से. ३ प. ५१४१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् ।

चौधरीले चलाएको मोटरसाइकलको भाइजरको मुनी हेण्डिलको टी– गार्डको प्वालभित्र लुकाइ छिपाइ राखेको अवस्थामा ९ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारको हो । 

प्रहरीले उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update