
टीकापुर, भदौ १७
टीकापुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि भदौ २१ गते मतदान हुने भएको छ । संघमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन समितिले आज जारी गरेको सूचना अनुसार मतदान भदौ २१ गते टीकापुरस्थित सिटीहलमा हुने भएको हो ।
निर्वाचन प्रमुख रघुनाथ उपाध्यायद्धारा जारी कार्यतालिका अनुसार भदौ १९ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने भदौ २० गतेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
संघको नेतृत्वका लागि वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष सन्तोष खड्का र द्धितीय उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय बजगाईं प्यानलसहित चुनाबी मैदानमा होमिएका छन् ।
संघको निर्वाचनमा १ हजार ३ शय ५४ मतदाताले मतदान गर्न पाउनेछन् । संघमा टीकापुर, दुर्गौली, नारायणपुर र सत्ती क्षेत्रका व्यवसायीहरु सदस्य रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२ १३:५३
प्रतिक्रिया दिनुहोस्