
टीकापुर, भदौ १९
टीकापुर उद्योग वाणिज्य संघको २६औं साधारण सभाबाट चयन हुने नेतृत्वका लागि दुई प्यानलले उम्मेदवारी दर्ता गरेका छन् ।
भदौ २१ गते हुने मतदानका लागि अध्यक्षमा संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्का र उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय बजगाईले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदमा कृष्णप्रसाद उपाध्याय बजगाई र सन्तोष खड्काको उम्मेदवारी दर्ता भएको छ ।
उपाध्यक्ष उद्योगमा तपेन्द्र कुँवर र दीपेन्द्र रावलको उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्षमा अर्जुन प्रसाद भट्टराई र लोकेश साउँदको उम्मेदवारी दर्ता भएको छ ।
संघको महासचिव पदका लागि पृथ्वीराज ढुंगाना र प्रकाश उपाध्याय तिमिल्सेनाको उम्मेदवारी दर्ता भएको छ भने सचिवमा प्रकाश शाह र हिक्मत रावलको उम्मेदवारी परेको छ । संघका पदाधिकारी मध्ये कोषाध्यक्षमा टीका शाही र टेक बहादुर सोडारीको उम्मेदवारी परेको छ ।
आठ जना खुल्ला सदस्यका लागि दुबै प्यालनका १६ जनाको उम्मेदवारी परेको छ । सदस्यमा आशिष जोशी, उपेन्द्र बटाला, जनक बहादुर विष्ट, जनक बहादुर रावल, डम्बर बहादुर कडायत, दीपक साउँद र निर्मला विष्टको उम्मेदवारी परेको छ ।
त्यस्तै खुल्ला सदस्यमै प्रकाश बहादुर विश्वकर्मा, मोति सिंह खत्री, रुपकबहादुर विष्ट, विजय धामी, सर्प राज साउँद, शैलेश साउँद, हरि बहादुर कुश्मी र हेमन्त रिमालले उम्मेदवारी दर्ता गरेका छन् ।
आरक्षण सदस्यहरुका लागि महिला सदस्यमा ईशरा कुमारी साउँद र जानकी शाहको उम्मेदवारी परेको छ । त्यस्तै दलित सदस्यमा रमेश तिखातरी (दमाई) र रामबहादुर टमट्टाको उम्मेदवारी परेको छ भने जनजाति उम्मेदवारमा दानबहादुर चौधरी र सन्तोषकुमार कठरियाको उम्मेदवारी परेको छ ।
संघको निर्वाचनमा १ हजार ३ शय ५४ मतदाताले मतदान गर्न पाउनेछन् । संघमा टीकापुर, दुर्गौली, नारायणपुर र सत्ती क्षेत्रका व्यवसायीहरु सदस्य रहेका छन् ।