
टीकापुर, भदौ २२
टीकापुर उद्योग वाणिज्य संघको हिजो सम्पन्न मतदानको मतगणना जारी छ। निर्वाचन प्रमुख रघुनाथ उपाध्यायले दिएको जानकारी अनुसार हालसम्म पदाधिकारीको ६ शय मतगणना सम्पन्न भएको छ ।
प्राप्त मतगणना अनुसार अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्काले ३ शय १७ मतसहित अग्रता कायमै गरेका छन् । अध्यक्षका अर्का प्रत्याशी कृष्णप्रसाद उपाध्याय बजगाईले २ शय ६९ मत प्राप्त गरेका छन्।
उद्योग उपाध्यक्षमा दिपेन्द्र रावलले २ शय ७५ मत प्राप्त गर्दा उम्मेदवार तपेन्द्र कुँवरले २ शय ६२ मत प्राप्त गरेका छन् ।
वाणिज्य उपाध्यक्षतर्फ अर्जुनप्रसाद भट्टराई र लोकेश साउदले समान २ शय ७६ मत प्राप्त गरेका छन्।
महासचिवमा प्रकाश उपाध्याय तिमिल्सिनाले २ शय ८६ मत प्राप्त गर्दा अर्का प्रत्याशी पृथ्वीराज ढुङ्गानाले २ शय ८० मत प्राप्त गरेका छन् ।
सचिवमा प्रकाश शाह २७१ मत प्राप्त गर्दा हिकमत रावलले २७० मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा टीका शाही २९८ मतसहित अगाडि छन् भने टेकबहादुर सोडारीले २ शय ६२ मत प्राप्त गरेका छन्।
कुल १ हजार ३ शय ५४ मतदातामध्ये हिजो सम्पन्न भएको मतदानमा १ हजार १ शय ७९ मत खसेको थियो।