Hamro Patra

धनगढी, भदौ २५
जिल्ला कारगार अछामको अवस्था तनावग्रस्त बनेको छ । कैदीबन्दीले तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षाकर्मीसँग झडप भइरहेको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार आगजनी र तोडफोड गरेर कैदीबन्दी भाग्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो ।

कारागारमा अहिले सेना परिचालन गरिएको सारुले बताए । कैदीबन्दीका आफन्तहरू कारगार परिसरमा पुगेर नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update