
टीकापुर, भदौ ३०
कैलालीमा राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन सकिने बताएको छ । जिल्ला प्रशासन कार्यालयले सोमवार बोलाएको भेलामा इलाका प्रशासन कार्यालयहरूबाट सेवा लिन आव्हन गरेको हो ।
जिल्ला प्रशासनले सरोकारवालाहरूसँग गरेको भेलामा जिल्लाको तत्कालीन वस्तुस्थितिको जानकारी गराइएको थियो । जिल्ला प्रशासन कार्यालयमा भदौ २४ गतेको आन्दोलनमा आगजनी गरिएकाले पूर्णरूपमा सेवा प्रवाह गर्न केही समय लाग्ने बताएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले सर्वसाधारणलाई राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन भने समस्या नहुने बताए । उनले उक्त सेवा इलाका प्रशासन कार्यालय टीकापुर र सुख्खडबाट लिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएको छ ।