Hamro Patra
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने पुरुष पक्राउ

अछाम, असोज १
अछामको साँफेबगर नगरपालिका वडा नं. ४, जनकल्याण टोलका ३२ वर्षीय महेश भुल बलात्कारको अभियोगमा पक्राउ परेका छन् । 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा भुललाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update