Hamro Patra
एक युवक खैरो हिरोइनसहित पक्राउ

टीकापुर, असोज २
कैलालीको टीकापुरबाट एक युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

टीकापुर नगरपालिका वडा नं. १ शक्तिनगरबाट सोही ठाउँका ३० वर्षीय अर्पण चौधरीलाई १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले बुधवार पक्राउ गरेको हो । 

चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update