
टीकापुर, असोज २
कैलालीको सुदूरपूर्वी टीकापुर र सदरमुकाम धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. ९ भैयावाडास्थित नहर नजिक र धनगढी उपमहानगरपालिका वडा नं. ४ बाट अवैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो ।
प्रहरीले मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्याङ्क, पेन ड्राइभ लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ ११:२९
प्रतिक्रिया दिनुहोस्