तीन युवती लागुऔषधसहित पक्राउ

टीकापुर, असोज ४
लागुऔषध दुव्यर्सनमा संलग्नहरु पक्राउ पर्ने क्रम बढिरहँदा कैलाली र कञ्चनपुरका तीन जना युवती लागुऔषधसहित पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ९ की २० वर्षीया रेनुका चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ का १८ वर्षीया किशोरीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ६ ङ गाउँबाट पक्राउ परेका तीनै जनाको साथबाट ९ शय मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको हो ।
लागुपदार्थसहित तिनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ ११:५२
प्रतिक्रिया दिनुहोस्