
टीकापुर, असोज ६
टीकापुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ ।
सन्तोष खड्काको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु रहेका थिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर थारुले टीकापुरको आर्थिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले निजी क्षेत्रको छाता संस्थाको रुपमा रहेको संघले आगामी दिनमा समेत सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।
उनले नगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले विगत लामो समयदेखी ब्यापारी र नगरपालिकाबीच रहेको घरभाडा विवादलाई संवादका माध्यमबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
सोही अवसरमा संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमालले युवाहरु नेतृत्वमा आएको कुराले खुशी महशुस भैरहेको बताए । उनले युवाहरुले नै समाजलाई सुधारको बाटोमा अघि बढाउन सक्ने बताए ।
पदस्थापन समारोहमा पूर्वअध्यक्षद्वय नरेशकुमार खत्री र आनन्द हमालले विगतमा संघले गरेका महत्वपूर्ण कामको स्मरण गरेका थिए ।
कार्यक्रममा सल्लाहकार गोपालप्रसाद चौधरी, कैलाली होटल व्यवशायी संघका अध्यक्ष खेमराज सिँह कुँवर, दुर्गौली बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बम लगायतले बोलेका थिए ।
कार्यक्रममा उपस्थित अतिथि लगायतलाई नवनिर्वाचित प्रथम उपाध्यक्ष अर्जुन भट्टराईले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पहिलो सत्र निवर्तमान महासचिव नवराज रिमाल र दोस्रो सत्र नवनिर्वाचित महासचिव प्रकाश उपाध्यायले गरेका थिए ।
संघको भदौ २१ गते भएको निर्वाचनले नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष सन्तोष खड्का अत्याधिक मतान्तरले विजयी भएका थिए । उनले प्रतिस्पर्धी कृष्णप्रसाद उपाध्याय बजगाईलाई ११३ मतको अन्तरले पराजित गरेका थिए ।
अध्यक्षमा विजयी खड्का निवर्तमान कार्य समितिको प्रथम उपाध्यक्ष र बजगाई उपाध्यक्ष हुन । दुवैजना दुई फरक प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।
संघको प्रथम उपाध्यक्षमा अर्जुन भट्टराई, उपाध्यक्षमा दिपेन्द्र रावल, महासचिवमा प्रकाश उपाध्याय, सचिवमा प्रकाश शाह र कोषाध्यक्षमा टीका शाहीले पदस्थापन गरेका छन । शाही संघमा पदाधिकारी जित्ने पहिलो महिला उम्मेदवार हुन । यसअघि महिलाहरु सदस्य पदमा मात्रै विजयी भएका थिए ।
संघको सदस्यहरुमा उपेन्द्र बटाला, हेमन्त रिमाल, शैलेश साउँद, रुपकबहादुर बिष्ट, जनकबहादुर बिष्ट, विजय धामी, दीपक साउँद र सर्पराज साउँदले पदस्थापन गरेका छन ।
त्यस्तै आरक्षण तर्फका सदस्यहरुमा महिलातर्फ जानकी शाह, जनजातितर्फ सन्तोषकुमार कठरिया र दलिततर्फ रमेश तिखातरी दमाईले पदस्थापन गरेका छन ।
उनीहरु सबैलाई निर्वाचन समिति प्रमुख रघुनाथ उपाध्यायले पद तथा गोपनियताको सथप गराएका थिए । नवनिर्वाचित कार्य समितिको कार्यकाल आगामी तीन वर्ष रहनेछ ।