Hamro Patra
लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, असोज ७
कैलालीको पूर्वी क्षेत्रबाट दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ७ सत्ती बजार क्षेत्रमा पैदल हिँडिरहेका पदमपुरका ३० वर्षीय हिक्मत ठकुल्ला रहेका छन् ।

उनलाई प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ७३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Shuvakamana C
Shuvakamana B

उता, लम्कीचुहा नगरपालिका वडा नं. ६ बाघमाराबाट स्थानीय २५ वर्षीय गोबिन्द घर्तिमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदल हिँडिरहेका उनलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ५४० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको हो । 

उनीहरू दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले नियन्त्रणमा राखेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update