विषालु सर्पको टोकाईबाट दृष्टिविहीन पुरुषको मृत्यु

टीकापुर, असोज ८
कैलालीको गौरीगंगा नगरपालिकाको राजीपुरमा विषालु सर्पको टोकाईले एक पुरुषको मृत्यु भएको छ ।
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको त्रिवेणी नगरपालिका वडा नं. २ चौसालका दृष्टिविहीन ४० वर्षीय सर्जन बुढाको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन् ।
दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको आफन्तले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्