Hamro Patra
शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण हुन्छ: डिएसपी डाँगी

टीकापुर, असोज

नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगीले इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका छन । हालै सरुवा भएर आएका डिएसपी डाँगीले घटस्थापनाको दिनबाटै कमाण्ड सम्हालेका हुन ।

उनले आज टीकापुरमा कार्यरत सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रमको आयोजना गरी सबैसँगको सहकार्यमा अघि बढ्ने बताए । उनले प्रहरीलाई आम नागरिकसँगको सल्लाह सुझाव र सहकार्यको आवश्यकता रहेको बताए ।

Shuvakamana C
Shuvakamana B

उनले प्रहरीको काम कारवाहीमा सहयोग गरेर समाजमा शान्ति सुव्यवस्था कायम राख्न आम नागरिकको महत्वपूर्ण भूमिका रहने बताए ।

‘यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छुँ’ उनले भने–‘समुदायको सहयोग बिना प्रहरीको एक्लो प्रयास मात्रै सफल नहुन सक्छ ।’

उनले लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा ध्यान दिने बताए । उनले अन्य चोरी तस्करी लगायतका घटना रोकथाम मा समेत प्रहरी सकृय ढंगले अघि बढ्ने जानकारी।  दिए  ।

पछिल्लो समय टीकापुरमा लागु पदार्थ दुव्र्यसन बढ्दै गएको भन्ने सञ्चारकर्मीको सुझावमा उनले नियन्त्रणका लागि पहल भैरहेको र प्रहरी अझै कडा रुपमा प्रस्तुत हुने बताए ।

सञ्चारकर्मीहरुले दशैं तिहार जस्ता चाडपर्वमा अझ बढी घटना दुर्घटना हुने भएकाले प्रहरीको सकृयता आवश्यक रहेको सुझाव दिएका छन ।

डिएसपी डाँगीले यसअघि २०७२/०७३ सालमा इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी निरिक्षकका रुपमा काम गरेका थिए । उनले डिएसपी भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, दैलेख, काठमाण्डौं समेत काम गरिसकेका छन ।   

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update