Hamro Patra
टीकापुर बचत तथा ऋण सहकारीको १७औं साधारण सभा सम्पन्न

टीकापुर, असोज ११
टीकापुर बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष भरतबहादुर रावलले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन,  लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, तथा प्रबन्धकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । 

उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै संस्थाका संस्थापक अध्यक्ष भीमबहादुर रावलले सहकारीले सदस्यहरुको मत जितेरै १७औं वर्षसम्मको यात्रा गर्न सफल भएको बताए । ‘१७ वर्षअघि हामी ४१ जना सेयर सदस्यबाट शुरु भएको यो सहकारीले आज आफ्‌नै भवनबाट सेवा दिइरहेको छ’ रावलले भने ‘सहकारीका सम्पूर्ण सदस्य, सञ्चालक तथा कर्मचारीहरुको अथक मेहनत र इमान्दारिताले यसको सफलता प्राप्त भएको हो ।’

Shuvakamana C
Shuvakamana B

कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष भीमबहादुर शाहले सहकारीले सदस्यहरुको मत जितेर लगानीको वातावरण बनाउनु पर्नेमा जोड दिए । संस्थाले यस वर्ष उत्कृष्ठ बचतकर्ताका रुपमा बचतकर्ता समरबहादुर चौधरी र उत्कृष्ठ ऋणका रुपमा कुसुमदेवी कठरियालाई सम्मान गरेको छ । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका उपाध्यक्ष धु्रवबहादुर रावल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य रचना गिरीले प्रस्तुत गरेका थिए । 

WhatsApp-Image-2025-09-27-at-1.42.18-PM-(1)-1758962063.jpeg
सहकारीमा ६ शय २५ जना सदस्य रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पुँजी ९० लाख ४ हजार रुपैयाँ पुगेको छ भने २ करोड ३४ लाख १८ हजार ९३ रुपैयाँ निक्षेप संकलन गरेको छ । शेयर सदस्यहरुलाई ३ करोड ५३ लाख २५ हजार ३ शय ६७ रुपैयाँ लगानी गरेको संस्थाले ६४ लाख ९ हजार २ शय ५ रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाका व्यवस्थापक दीपकबहादुर थापाले प्रस्तुत गरेको प्रतिवेदनमा ५२ लाख ३० हजार ६ शय ६० रुपैयाँ खर्च गरी ११ लाख ७८ हजार ७ शय ४४ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको उल्लेख छ । संस्थाका अध्यक्ष भरत रावलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य प्रकाश शाहले गरेका थिए भने शेयर सदस्यको तर्फबाट वीरमञ्जन बटाला लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

WhatsApp-Image-2025-09-27-at-1.42.18-PM-1758962063.jpeg
 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update