दर्नाली समाज सेवा समितिको शुभकामना आदानप्रदान

टीकापुर, असोज ११
विजयादशमी तथा दिपावलीको अवसरमा दर्नाली समाज सेवा समिति टीकापुरले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अछामको दर्नामा पुर्ख्यौली घर भई हाल टीकापुर क्षेत्रमा रहेका बसोबास गर्दै आएका दर्नालीहरुले शुभकामना आदानप्रदान गरेका हुन् ।
समितिका अध्यक्ष दाताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमाल, टीकापुर नगर विकास समितिका पूर्व अध्यक्ष ललित ताम्राकार, समाजसेवी समशेर शाह, निता शाह, नेकपा एमाले टीकापुर नगर अध्यक्ष लक्ष्मण थापा, अमर रिमाल, गजेन्द्रबहादुर शाह, गणेश कठायत, कम्लेश बोहरा, मंगल शाह, सुरेश रिमाललगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन समितिका सचिव गणेश ओझाले सञ्चालन गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १५:०१
प्रतिक्रिया दिनुहोस्