Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघद्धारा बजार सरसफाई

टीकापुर, असोज १२
टीकापुर उद्योग वाणिज्य संघले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर आज टीकापुर बजारमा सरसफाई गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिले चाडपर्वको अवसरमा बजारको मुख्य क्षेत्रमा सरसफाई गरेको हो ।

संघले कार्यालय परिसरदेखि टीकापुर खक्रौला मुख्य सडक र रारामार्ग, चार चौतारी हुँदै बलभद्र चोक र सिद्धार्थ चोक तथा अस्पताल लाइनबाट जमरा पारीसम्मको सडकमा सरसफाई गरिएको हो । 

Shuvakamana C
Shuvakamana B

कार्यक्रममा संघको कार्यसमिति, कर्मचारी, विभिन्न संघसंस्था र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष सन्तोष खड्काले सरसफाई कार्यक्रम केबल प्रतीकात्मक रूपमा गरिएको बताए । 

‘संघ आगामी दिनमा बजार, समाज र वातावरणको सरसफाई गर्नु हामी सबैको साझा दायित्व हो भन्नेमा विश्वस्त छ’ अध्यक्ष खड्काले भने ‘सधैंजस्तै यहाँको यस्तै सहयोग, सद्भाव र सहकार्य पाइने अपेक्षा राख्दै, अझ स्वच्छ र स्वस्थ टीकापुर निर्माणमा सबैको निरन्तर साथ रहने विश्वास लिएका छौं ।’

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update