सर्पले टोक्दा एक बालकको मृत्यु

कञ्चनपुर, असोज १४
नेपालीहरुको महान चाड दशैंको मुखमा कञ्चनपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ४ का डम्बर पनेरुको ३ वर्षीय छोरा लक्की पनेरुको सर्पले टोक्दा मृत्यु भएको हो ।
आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेपछि बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगी उपचार भइरहेकोमा गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२ १२:०७
प्रतिक्रिया दिनुहोस्