Hamro Patra
जिप दुर्घटना हुँदा एकको मृत्युः दश घाइते

दार्चुला, असोज २०
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

महाकाली नगरपालिका वडा नं. ६ को भित्रि सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय नरेशबहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Shuvakamana C
Shuvakamana B

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले घाइते अवस्थाका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । उनीहरूमध्ये ६ जनालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य सामान्य घाइतेहरु उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update