Hamro Patra
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
Shuvakamana C
Shuvakamana B

टीकापुर, असोज २१
कैलालीको जोशीपुर गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जोशीपुर गाउँपालिका वडा नं. ७ घैलाबौनियाँका ३६ वर्षीय मिलन डगौराको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update