मलेसियालाई पाखा लगाउँदै नेपाल बन्यो विजेता

टीकापुर, असोज २२
अन्तिम खेलमा मलेसियालाई सहजै हराउँदै नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय ऋंखला आफ्नो पोल्टामा पारेको छ ।
पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएर ऋंखला आफ्नो पोल्टामा पारेको हो ।
योसँगै नेपालले ३–२ ले सिरिज जितेको हो ।
मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो । यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो ।
पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो खेलमा १३ रनले मलेसियासँग हारेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२ १३:३६
प्रतिक्रिया दिनुहोस्