Hamro Patra
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा ओझा निर्वाचित

टीकापुर, असोज २६
निजी क्षेत्रको साझा संस्था कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् । यस्तै स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष विजयी भएका छन् ।

Shuvakamana C
Shuvakamana B

वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन् । उनी ओझा प्यानलका ओम बिष्टलाई पराजित गर्दै विजयी भएका हुन् । यस्तै उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा पनि ओझा प्यानलकै गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै भीमराज ओझा अब्बु विजयी भएका छन् ।

संघको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन् । उनले सुरेश पाण्डेलाई पराजित गरे । यस्तै, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दको विजयी भएका छन । दुबै उम्मेदवार स्वाँर प्यानलबाट चुनाव लडेका थिए ।

यस्तै सदस्यमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन् ।

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । २ हजार ३ शय ३५ मतदाता रहेकोमा १ हजार ९ शय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि भएको निर्वाचनमा ५० जनाको उम्मेदवारी थियो ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update