Hamro Patra
२८ लाख बढीका पटका बरामद

टीकापुर, असोज २७

तिहारलाई लक्षित गर्दै भारतबाट अवैध रुपमा भित्र्याइएका २८ लाख भन्दा बढी मूल्इका पटाका प्रहरीले बरामद गरेको छ । तिहारलाई लक्षित गरी भारतीय सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका पटका कञ्चनपुर प्रहरीले बरामद गरेको हो ।

Shuvakamana C
Shuvakamana B

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार भीमदत्त नगरपालिका वडा नं. ३ भाँसीका व्यवसायी खडक पालको घरबाट २८ लाख ९८ हजार ६५० बराबरका विभिन्न प्रकारका पटका बरामद गरिएको हो । प्रहरीले पाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

पक्राउ परेका पालमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार भारतका सीमावर्ती बजार टनकपुर, बनबासा र खजुरिया लगायतबाट व्यापारीहरूले सामान ढुवानी गर्ने सवारी साधनमार्फत पटका लगायतका सामग्री नेपाल भित्र्याउने गरेका छन् ।

यस्तै भन्सार राजस्व कटाएर अन्य सामानको विवरण दिई पटका समेत लुकाएर ल्याइने गरेको पनि पाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा चौकीहरू नजिकैबाट नै ती सामान सहजै नाका पार गरिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update